ताप्लेजुङको फुङफुङ्गेदेखि सिम्बुक पुग्ने सडक निर्माण



ताप्लेजुङ, भदौ १२ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ स्थित फुङफुङ्गे झरना देखि वडा-५ सिम्बुकसम्म पुग्ने सडक निर्माण भएको छ । करिब नौ किलोमिटरको सडक माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले निर्माण गरिदिएको हो ।

सौर्य होल्डिङ प्रालिद्वारा प्रवर्द्धित ३१.९२ मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाले गाउँपालिकाको मुख्य प्रभाव क्षेत्र रहेको उक्त स्थानमा सडक निर्माण गरेको आयोजना प्रबन्धक कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ साल माघ २ गतेबाट मोटरबेल सडक खन्न सुरु गरी २०८२ सालको भदौ ११ गते फुङफुङ्गे झरना देखि दलैंचा हुँदै वडा नम्बर ५ को सिम्बुकसम्म निर्माण कार्य सम्पन्न भएको छ ।

भौगोलिक र दूरीका हिसाबले दुर्गम मानिएको उक्त क्षेत्रमा सडक निर्माण कार्य पूरा भएपछि त्यहाँका स्थानीयलाई राहत मिलेको छ । ६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीन वर्षभित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : 2:17 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका