ताप्लेजुङको फुङफुङ्गेदेखि सिम्बुक पुग्ने सडक निर्माण



ताप्लेजुङ, भदौ १२ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ स्थित फुङफुङ्गे झरना देखि वडा-५ सिम्बुकसम्म पुग्ने सडक निर्माण भएको छ । करिब नौ किलोमिटरको सडक माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले निर्माण गरिदिएको हो ।

सौर्य होल्डिङ प्रालिद्वारा प्रवर्द्धित ३१.९२ मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनाले गाउँपालिकाको मुख्य प्रभाव क्षेत्र रहेको उक्त स्थानमा सडक निर्माण गरेको आयोजना प्रबन्धक कल्याण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार २०८१ साल माघ २ गतेबाट मोटरबेल सडक खन्न सुरु गरी २०८२ सालको भदौ ११ गते फुङफुङ्गे झरना देखि दलैंचा हुँदै वडा नम्बर ५ को सिम्बुकसम्म निर्माण कार्य सम्पन्न भएको छ ।

भौगोलिक र दूरीका हिसाबले दुर्गम मानिएको उक्त क्षेत्रमा सडक निर्माण कार्य पूरा भएपछि त्यहाँका स्थानीयलाई राहत मिलेको छ । ६ अर्ब ३७ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको मितिबाट तीन वर्षभित्र पूरा गर्नेगरी माथिल्लो मेवाखोला जलविद्युत आयोजनाले प्रारम्भिक कार्य सुरु गरेको छ ।

प्रकाशित मिति : 2:17 pm

नेपाल नेत्रज्योती संघ ताप्लेजुङद्धारा अक्षयकोषदातालाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङले अक्षयकोष दातालाई

जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी