वडाध्यक्ष सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग



सौगात विष्ट 
ताप्लेजुङ, भदौ ८ गते ।
नेकपा एमाले ताप्लेजुङले आठराई त्रिवेणी गाउँपालिका वडा नं. २ फूलबारीका वडाध्यक्ष टिकेन्द्र सेन्दाङ माथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेको छ । आइतबार पत्रकार सम्मेलन मार्फत सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।

वडाध्यक्ष सेन्दाङमाथि भदौ ७ मा पार्टीको जिल्ला बैठक सकेर फर्किने क्रममा फुङ्लिङ बजारको तोक्मे डाँडामा केही समूहले आक्रमण गरेका थिए । सो आक्रमणबाट गम्भीर घाइते हुनुभएका सेन्दाङ हाल झापास्थित बीएनसी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

एमाले पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्बो, केन्द्रीय कमिटी सदस्य टङ्क आङ्बुहाङसहित एमाले पार्टीका नेतृत्वकर्ताहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मलेनमा उहाँहरूले सो घटना योजनाबद्ध रुपमा भएको बताउनुभएको छ ।

यस्तै वडाध्यक्ष सेन्दाङमाथि भएको आक्रमण प्रति प्रतिनिधि सभा सदस्य, एमाले केन्द्रीय सचिव साथै पुर्व मन्त्री योगेश भट्टराईले गम्भीर आपत्ति जनाउनुभएको छ । भट्टराईले आज गृहमन्त्रीलाई पत्र पठाई आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्नुभएको हो ।

 नेता भट्टराईले सार्वजनिक स्थलमा जनप्रतिनिधि माथि भएको कुटपिटले शान्ति सुरक्षामा गम्भीर चुनौती परेको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गर्नुभएको छ । साथै घाइतेलाई उपचारको ब्यवस्था मिलाउन पनि सरकार समक्ष माग गर्नुभएको छ ।
यसैबीच ताप्लेजुङमा रहेका प्रत्येक पालिकाको कमिटीले पनि आपत्ती जनाउदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : 8:58 pm

नेपाल नेत्रज्योती संघ ताप्लेजुङद्धारा अक्षयकोषदातालाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङले अक्षयकोष दातालाई

जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी