तेस्रो ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङलाई 



ताप्लेजुङ, भदौ ८ गते । तेस्रो ताप्लेजुङ अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिताको उपाधि फुङलिङ नगरपालिकाले हात पारेको छ । फक्ताङलुङ गाउँपालिकालाई २–१ गो अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिकाले उपाधि हात पारेको हो । 

ताप्लेजुङ सरोकार केन्द्रको स्थापना दिवसको अवसरमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा ताप्लेजुङका विभिन्न पालिकाका १६ टिमको सहभागिता रहेको थियो ।  विजेता  फुङलिङ नगरपालिकाले नगद एक लाख रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै  उपविजेता बन्न सफल फक्ताङलुङ  गाउँपालिका नगद ५० हजार रुपियाँ सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु पर्‍यो । 

विजेता र उप विजेतालाई  प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले नगद पुरस्कार तथा टफी वितरण गर्नु भएको थियो । विधागत तर्फ फुङलिङ नगरपालिका ‘बी’ का अरुण प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्न सफ हुनुभयो । यस्तै फक्ताङलुङ  गाउँपालिकाका अर्जुन लिम्बू प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो । 

उहाँहरूलाई जनही ५–५ हजार रुपियाँ र ट्रफी प्रदान गरिएको छ । त्यस्तै अनुशासित टोलीका रुपमा प्रतियोगिताको फेयर प्ले पुरस्कार आठराई त्रिवेणी गाउँपालिकाले प्राप्त गरेको छ । आठराई त्रिवेणीलाई नगद १० हजार रुपियाँ प्रदान गरिएको छ ।  

प्रकाशित मिति : 6:59 am

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा