पाथीभरामा सङ्कलित ३६ क्विन्टल सिक्काको गणना सुरु



साहारा लिम्बू
ताप्लेजुङ, भदौ ५ गते ।
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् ।

अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ ।

यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो ।

भेटी गणनाका लागि ८ जना कर्मचारी समितिले परिचालन गरेको छ । हरेक दिन पाथीभरा मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन् । नगद भेटी गणनाको कार्य सम्पन्न हुनासाथ सिक्का गणनाको कार्य थालनी गरेको हो ।

यहाँबाट सिक्का गणना गरी विभिन्न बैंक तथा जिल्ला बाहिरका ठुल्ठुला डिपार्टमेन्टहरुमा सटही गरिँदै आएको समितिको भनाइ छ । भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई सकस परिरहेको छ ।

प्रकाशित मिति : 5:18 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने