अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले दियो राहत



ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङको थिङलाबुका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ । पालिकाले आगलागीबाट प्रभावित हुनु भएका स्थानीय पेम्बा शेर्पालाई आर्थिक सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेको हो । 

पीडित परिवारलाई पालिकाले नगद २० हजार सहित चामल ५० केजी लगायत अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सामाग्रीहरू त्रिपाल २ थान तथा ओछ्‌याउने म्याट्रेस १५ मिटर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम ९डम्बर० लगायतको टोलीले घटनास्थलमै पुगेर सामाग्री हस्तान्तरण गरेको छ । 

मेरिङदेन गाउँपालिका १ थिङलाबुका स्थानीय नरेन्द्र थोप्राको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । थोप्राको घरमा अस्थायी रुपमा शेर्पा बसोबास गर्दै आइरहनु भएको थियो । मङ्गलबार दिउँसो भएको आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएको बताइएको छ । 

घरभित्रै भान्साकोठा रहेकाले चुलोबाटै आगलागी सुरु भएको स्थानीयको भनाइ छ । ढुङ्गा, माटोले निर्मित फुसको छानो लाएको घरमा पूर्ण रुपमा जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:55 am

वन पैदावार व्यवसायी सङ्घको अध्यक्षमा राई 

ताप्लेजुङ, मंसिर १७ गते । वन पैदावार व्यवसायी सङ्घ ताप्लेजुङको

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई