अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले दियो राहत



ताप्लेजुङ, भदौ ५ गते । ताप्लेजुङको थिङलाबुका अग्नि पीडितलाई मेरिङदेन गाउँपालिकाले राहत तथा आर्थिक सहयोग प्रदान गरेको छ । पालिकाले आगलागीबाट प्रभावित हुनु भएका स्थानीय पेम्बा शेर्पालाई आर्थिक सहयोग तथा खाद्यान्न हस्तान्तरण गरेको हो । 

पीडित परिवारलाई पालिकाले नगद २० हजार सहित चामल ५० केजी लगायत अन्य खाद्यान्न सामाग्री उपलब्ध गराएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य सामाग्रीहरू त्रिपाल २ थान तथा ओछ्‌याउने म्याट्रेस १५ मिटर प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम ९डम्बर० लगायतको टोलीले घटनास्थलमै पुगेर सामाग्री हस्तान्तरण गरेको छ । 

मेरिङदेन गाउँपालिका १ थिङलाबुका स्थानीय नरेन्द्र थोप्राको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । थोप्राको घरमा अस्थायी रुपमा शेर्पा बसोबास गर्दै आइरहनु भएको थियो । मङ्गलबार दिउँसो भएको आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएको बताइएको छ । 

घरभित्रै भान्साकोठा रहेकाले चुलोबाटै आगलागी सुरु भएको स्थानीयको भनाइ छ । ढुङ्गा, माटोले निर्मित फुसको छानो लाएको घरमा पूर्ण रुपमा जलेर नष्ट भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:55 am

नेविसंघ ताप्लेजुङको कार्यवाहक अध्यक्षमा अर्जुन खिम्दिङ

सौगात विष्ट ताप्लेजुङ, साउन १४ गते । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)

पाथीभरा याङवरकमा एकीकृत घुम्ती शिविरबाट ६ सय ८७ नागरिक लाभान्वित

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले सञ्चालन

फुङलिङ–८ को चारपाटे क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरि अनावरण

ताप्लेजुङ, साउन १३ गते  । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित धार्मिक

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम