मन्त्री हाङगामद्वारा महिला उद्यमीले उत्पादित गरेको अलैँची जन्य खाद्य सामग्रीको अवलोकन



साहारा लिम्बू 
ताप्लेजुङ, भदौ ४ गते ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले ताप्लेजुङको स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको छ । फुङलिङ बजारमा साहस परियोजनाद्वारा सम्पन्न अलैँची पोष्ट हार्भेस्ट तालिमको अवसरमा उहाँले उक्त अलैँची जन्य मसला र खाद्य सामग्रीको अवलोकन गर्नुभएको हो ।

महिला उद्यमीहरूले घरेलु रूपमा उत्पादन गरेका अलैँची मसला, प्रशोधित खाद्य पदार्थ र अन्य स्थानीय सामग्री प्रदर्शनीमा राखेका थिए । प्रदर्शनी अवलोकन पछि मन्त्री हाङगामले घरेलु उद्योग प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा विभिन्न योजना रहेको उल्लेख गर्दै उद्यमी तथा कृषकको मागका आधारमा स्थानीय तह मार्फत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले अलैँची र अन्य स्थानीय स्रोतमा आधारित उद्योग विकास गर्न सके रोजगारी सिर्जना हुने मात्र नभई जिल्लाको अर्थ तन्त्र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । ताप्लेजुङ अलैँची उत्पादनको सम्भावना बोकोको क्षेत्र भएकाले यसको प्रवर्द्धन, गुणस्तर सुधार र लगानी विस्तारका लागि मन्त्रालयले बजेट विनियोजन गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्री हाङगामका अनुसार अलैँची नर्सरी व्यवस्थापन, बगैँचा विस्तार र वातावरण संरक्षणसँगै उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि नीतिगत सुधार र आवश्यक समन्वय भइरहेको छ । तालिमको अवरसमा स्थानीय उद्यमीहरूले विषेश गरी अलैँचीबाट उत्पादित चिया, मसलासँगै अलैँचीको सुकेको डाँठलाई प्रशोधन गरी निर्माण गरिएको विभिन्न प्रकारका सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : 6:13 am

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०