साउनमा पाथीभराबाट झण्डै साढे १० लाख भेटी सङ्कलन



ताप्लेजुङ, भदौ १ गते । चालु आर्थिक वर्षको साउनमा पाथीभरामा झण्डै साढे १० लाख रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको २०८२/०८३ को साउनमा १० लाख ३९ हजार रुपियाँ भेटी सङ्कलन भएको हो ।

पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको विवरण अनुसार एक महिनाको अवधिमा उक्त रकम बराबरको भेटी सकल भएको हो । समितिले तीर्थयात्रीले चढाएको भेटी प्रत्येक महिना गणना गरि बैँकमा जम्मा गरेर कुल रकमको विवरण सार्वजनिक गरिरहेको छ ।

कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा दुई हजार बढी तीर्थयात्री दर्शनका लागि पाथीभरा पुगेका छन् । एक महिनाको अवधिमा दुई हजार एक सय छयालीस जना भक्तजन मन्दिर दर्शनका लागि पाथीभरा पुगेको समितिले जनाएको छ ।

गत आर्थिक वर्ष ०८१/०८२ मा दुई करोड १७ लाख आठ सय छयहत्तर जना तीर्थयात्री आउँदा तीन करोड ११ लाख ६४ हजार छ सय छयहत्तर रुपैयाँ भेटी सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आवमा तीर्थयात्रीको संख्या र भेटी रकम घटेको समितिको तथ्याङ्कमा उल्लेख छ । दुई करोड ३१ लाख तीन सय चौँतिस जना तीर्थयात्री आउँदा तीन करोड ९८ लाख ४१ हजार नौ सय अन्ठानब्बे रुपियाँ भेटी अघिल्लो आर्थिक वर्षमा सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा साढे १३ हजार कमी दर्शनार्थी आउँदा झण्डै साढे ८७ लाख रुपियाँ कम भेटी सङ्कलन भएको थियो ।

प्रकाशित मिति : 6:36 am

फुङलिङ नगरपालिका सेसेलुङ महिला गोल्डकपको फाइनलमा 

ताप्लेजुङ, मंसिर १७ गते । फुङलिङ नगरपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ