ताप्लेजुङ गोल्ड कपको सर्वोकृष्ट खेलाडी बन्न सफल सलहेशका छिरिङ गुरुङलाई यमाहाको बाइक 



 साहारा लिम्बू
ताप्लेजुङ , साउन ३१ गते ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको सर्वोकृष्ट खेलाडी सलहेश युवा क्लबका छिरिङ गुरुङ हुनुभएको छ । गत साउन २४ गतेदेखि ३१ गते शनिबार सम्म सञ्चालन भएको गोल्ड कपमा गुरुङ सर्वोकृष्ट खेलाडी बन्न सफल हुनुभएको हो ।

सर्वोकृष्ट खेलाडी भए सँगै उहाँले यामाहाको बैक प्राप्त गर्नुभएको छ । उहाँलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने गरिएको छ । ताप्लेजुङमा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई बाइक प्रदान गर्ने यो आयोजकको पहिलो अभ्यास रहेको छ ।

उक्त बाइक प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको पहलमा यमाहा कम्पनीको तर्फबाट प्रदान गरिएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । गोल्ड कपको उपाधि सलहेश युवा क्लब सिराहाले हात पारेको छ । 

यस्तै गोल्ड कपको उपविजेता भने चर्च व्वाइज क्लब ललितपुर बनेको छ । खेलको विजेता बन्न सफल सलहेश युवा क्लबले उपाधि सँगै नगद सात लाख दुई हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दा चर्च ब्वाइज क्लबले नगद तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । 

प्रकाशित मिति : 8:05 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका