ताप्लेजुङ गोल्ड कप : आज उपाधिका लागि चर्च ब्वाइज र सलहेश भिड्दै



साहारा लिम्बू
ताप्लेजुङ, साउन ३१ गते ।
अन्तर्राष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सलहेश प्रतिस्पर्धा गर्ने भएका छन् । आज हुने फाइन खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिरहाबीच प्रतिस्पर्धा हुने भएको हो ।

लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।

यस्तै बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै उपाधिका लागि चर्च ब्वाइजसँग भेट पक्का गरेको हो । यस अघि पाथिभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको उपाधि चुमिसकेको चर्च ब्वाइज यो पटकको उपाधि आफ्नो पोल्टामा पर्ने दाउमा छ ।

यस्तै ताप्लेजुङ गोल्ड कपको दोस्रो संस्करणमा उपविजेतामा चित्त बुझाउन बाध्य सहलेश यो पटक उपाधिका लागि अघि बढ्ने रणनीतिमा रहेको छ । लाखेजात्रा पर्वको अवसरमा सञ्चालन गरिएको गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : 6:25 am

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने