ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु



ताप्लेजुङ, साउन ३० गते । ताप्लेजुङमा फड्के पुलबाट लडेर खोलामा खसेकी बालिकाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुका साढे दुई वर्षीया बालिकाको फड्के पुलबाट लडेर मृत्यु भएको हो ।

फुरुम्बुका वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार आमा शान्ता लिम्बूले छोरीलाई बोकेर माइती जाने क्रममा पुलबाट चिप्लिएर दुवै जना खोलामा पसेका थिए । चिप्लिएर खोलामा पसेका शान्तालाई ससुरा टकबहादुर लिम्बुले उद्धार गर्नुभएको थियो ।

त्यस्तै बालिकालाई भने खोलाले बगाएर करिब दुई सय मिटर तल पु¥याएको थियो । ढुङ्गामा अल्झिएको बालिकाको उद्धार गर्नुअघि नै निधन भइसकेको बताइएको छ ।

फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट चिप्लिएर आमाछोरी खोलामा पसेका थिए । शवको कानुनी प्रक्रिया पूरा गर्नका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली खटाइएको बताइएको छ ।

प्रकाशित मिति : 5:20 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने