ताप्लेजुङमा मनाइयो गाईजात्रा (फोटो फिचर)



ताप्लेजुङ । ताप्लेजुङमा गाईजात्रा मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आइतबार ताप्लेजुङमा पनि मनाइएको हो ।

यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित प्रदर्शन गर्ने गरिन्छ । यही अनुसार नेपाल भाषा तथा संस्कृत समाज ताप्लेजुङको आयोजनामा दिवङ्गत लक्ष्मी श्रेष्ठको गाईजात्रा निकालिएको थियो ।

गाईजात्राको र्‍यालीले फुङ्लिङ बजार परिक्रमा गरेको थियो । यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास रहेको समाजका अध्यक्ष संखर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : 7:29 pm

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर