ताप्लेजुङमा मनाइयो गाईजात्रा (फोटो फिचर)



ताप्लेजुङ । ताप्लेजुङमा गाईजात्रा मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आइतबार ताप्लेजुङमा पनि मनाइएको हो ।

यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित प्रदर्शन गर्ने गरिन्छ । यही अनुसार नेपाल भाषा तथा संस्कृत समाज ताप्लेजुङको आयोजनामा दिवङ्गत लक्ष्मी श्रेष्ठको गाईजात्रा निकालिएको थियो ।

गाईजात्राको र्‍यालीले फुङ्लिङ बजार परिक्रमा गरेको थियो । यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास रहेको समाजका अध्यक्ष संखर श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : 7:29 pm

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम