ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्य (फोटो फिचर)



साहारा लिम्बू 
ताप्लेजुङ, साउन २५ गते ।
ताप्लेजुङमा पहिलोपटक सिंघी नृत्यको प्रस्तुत गरिएको छ । शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्‌घाटन कार्यक्रममा सिक्किमको प्रसिद्ध सांस्कृतिक सम्पदा सिंघी नृत्य पहिलोपटक ताप्लेजुङमा प्रस्तुत गरिएको हो । 

आयोजक लाखे जात्रा सञ्चालक समितिले छिमेकी राष्ट्र भारतको सिक्किमबाट विशेष रूपमा कलाकारहरू ल्याएर यो नृत्य प्रस्तुत गरेका थिए । सिंघी नृत्य हिम चितुवाको प्रतीकात्मक रूपसँग सम्बन्धित सिक्किमको मौलिक नृत्यको रुपमा लिन सकिन्छ । जसले हिमाल, प्रकृति र संरक्षणको सन्देश दिने गर्दछ । विशेष पोशाक र मुखौटा लगाएर प्रस्तुत गरिने यो नृत्य निक्कै आकर्षक हुने गर्छ । 

सिंघी नृत्यका लागि भारतको सिक्किमबाट सात जना कलाकारहरू ल्याइएको लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । गोल्डकपको उद्घाटनमा सिंघी नृत्यसँगै च्याब्रुङ, लाखे, चण्डी, तामाङ सेलो लगायतका सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिए । तर, पहिलोपटक ताप्लेजुङमा प्रस्तुत सिंघी नृत्य उद्‌घाटन समारोहको मुख्य आकर्षक बन्यो ।

यससँगै उद्‌घाटन खेलमा द योङ ब्रदर्स क्लब इटहरीले आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । आज पोखरा र झापाबीच प्रतिष्पर्धा हुने भएको छ । क्वाटर फाइनल अन्तर्गत आजको दोश्रो खेलमा पोखराको सहारा क्लब र झापाको रेड स्टार फुटबल क्लबबीच प्रतिष्पर्धा हुने भएको हो ।

यस वर्षको प्रतियोगितामा विजेताले सात लाख दुई हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ भने उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ पाउनेछ। सर्वोत्कृष्ट खेलाडीलाई १५० सिसीको यामाहा मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गरिनेछ । 

प्रकाशित मिति : 6:50 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा