ताप्लेजुङ गोल्डकप सुरु (फोटोफिचर)



साहारा लिम्बू
ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप शनिबारबाट सुरु भएको छ । श्री भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा गोल्डकप सुरु भएको हो । 

गोल्डकपको उद्‌घाटन समारोहमा लिम्बू संस्कृतमा आधारित च्याब्रुङ् नाच (केलाङ), धान नाच (यालाङ) सँगै लाखे नाच, सिङ्गे नाच प्रस्तुत गरिएको छ । औपचारिक रुपमा २०२९ सालबाट सञ्चालन हुँदै आएको यो खेल अहिले ताप्लेजुङको गोल्ड कपको नाममा सञ्चालन हुँदैछ ।

यसभन्दा अघि पाथीभरा गोल्डकपको नामबाट चौथौ संस्करणसम्म सञ्चालन भएको थियो । त्यसपछि नामको विवादका कारण पाथीभरा गोल्डकपबाट रूपान्तरण गरि वि.सं. २०८० सालबाट ताप्लेजुङ गोल्डकपको यात्रा सुरु भएको हो । यसभन्दा अघि पनि पटक–पटक गोल्डकपको नाम परिवर्तन हुँदै सञ्चालन भएका थिए ।

शनिबार उद्‌घाटन खेलमा आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग मैदानमा उत्रिएका छन् । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिट निर्माण गरिएको छ  । 

प्रकाशित मिति : २५ श्रावण २०८२, शनिबार १७:३१

ताप्लेजुङ गोल्डकप : उद्‌घाटन खेलमा टिकटबाट तीन लाख बढी रकम सङ्कलन

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ गोल्डकपमा

ताप्लेजुङ गोल्डकपमा सुनसरीको विजय यात्रा सुरु

साहारा लिम्बू ताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय ताप्लेजुङ

ताप्लेजुङ गोल्डकप सुरु (फोटोफिचर)

साहारा लिम्बूताप्लेजुङ, साउन २४ गते । तेस्रो अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ

याक्थुङ मुन्धुम विषयक विमर्श राजधानीमा हुँदै

काठमाडौं । ३१औं विश्व आदिवासी दिवस (अगस्ट ९) को अवसरमा

ताप्लेजुङ समाजको आयोजनामा काठमाडौँमा ‘ताप्लेजुङ लाखे नाच मेला’ हुने

काठमाडौँ । ताप्लेजुङ समाज नेपालले आगामी साउन ३१ गते काठमाडौँमा