ताप्लेजुङ गोल्डकप : आज उद्‌घाटन खेलमा तेल्लोक स्पोर्टिङ र द योङ ब्रदर्श सुनसरी भिड्दै



ताप्लेजुङ । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित उद्‌घाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । विदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टिमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् ।

आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ । यस्तै भोलि सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच आमनेसामने हुनेछ । साउन २७ गते हुने क्वाटर फाइनलको अन्तिम खेलमा सलहेस युवा क्लब सिरहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच भिडन्त हुँदैछ । भारतका एक सहित नेपालका चार ओटा प्रदेशका प्रतिष्ठित क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ ।

क्वाटर फाइनल चरणका चार ओटा खेलहरूका लागि एक सय रुपियाँ, सेमिफाइनलमा दुई सय र फाइनलमा दुई सय पचास रुपियाँ टिकट दर निर्धारण गरेको छ । टिकट काटेर मैदान प्रवेश गर्ने दर्शकका लागि हरेक दिन गोलाप्रथाको माध्यमबाट एउटा स्मार्ट फोनको साथमा पावर बैँक र एयर बड समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

मैदानमा करिब ९ हजार बढी दर्शक व्यवस्थापनका लागि बाँसबाट निर्मित अस्थायी तथा स्थायी प्याराफिटहरु रहेका छन् । हरेक दर्शकको निगरानीका लागि यस वर्षदेखि मैदान आसपासका क्षेत्रमा सिसिटिभी समेत जडान गरिएका आयोजकको भनाई छ ।

प्रकाशित मिति : 6:33 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका