फक्ताङलुङ गाउँपालिका अध्यक्षको पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकालाई



ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति०ले आफूले पाउने पारिश्रमीक असहाय र अपाङ्ग बालबालिकाको लागि खर्च गर्नुहुने भएको छ । उहाँले प्रदेश सरकारले निर्दिष्ट गरेबमोजिमको मासिक सेवा सुविधा बापत हाल सम्मको साढे १५ लाख रुपियाँ बढि खर्च गर्नुहुने भएको हो ।

अध्यक्ष लिम्बुका अनुसार अहिले सम्मको उक्त पारिश्रमीक बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था स्थापना गरि सो संस्थाको खातामा जम्मा गरिएको छ । उहाँले प्राप्त गर्नु पर्ने मासिक सुविधा वापत हालसम्म १५ लाख ५९ हजार ९ सय २० रुपैयाँ रकम रहेको छ ।

उक्त रकम पालिका भित्र रहेका अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि खर्च हुने भएको छ । यसलाई पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमार्फत अध्यक्षमा निर्वाचित पालिका अध्यक्ष लिम्बूले निर्वाचनताका आफूले निर्वाचन जिते आफूले मासिक पारिश्रमिक नलिने घोषणा गर्नु भएको थियो । सोही प्रतिबद्धता अनुसार पालिका अध्यक्ष लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक वापतको रकम अभिभावकविहीन, असहाय र अपाङ्गता भएका बालबालिकाहरूलाई आवासीय सुविधा सहित पूर्ण छात्रवृत्ति बनाई चालु आर्थिक वर्षबाट नै सञ्चालनमा ल्याइने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 4:55 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन