ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावरले प्रायोजन गर्ने



रेडियो काबेली
ताप्लेजुङ ।
यहि श्रावण २४ गते देखी हुने अन्तराष्ट्रिय आमन्त्रित तेस्रो ताप्लेजुङ गोल्डकपको प्रथम पुरस्कार अप्पर तमोर हाईड्रो पावर लिमिटेडले प्रायोजन गर्ने भएको छ । लाखे जात्रा सञ्चालन समितीका कोषाध्यक्ष दावा शेर्पाका अनुसार गोल्डकपको प्रथम पुरस्कार ७ लाख २ हजार ८२ रुपैँया हाईड्रो पावरले दिने भएको हो । समिती र हाईड्रो पावरबिच पुरस्कार दिने विषयमा सम्झौता भएको कोषाध्यक्ष शेर्पाले बताउनुभयो । अप्पर तमोर जिल्लामा निर्माणधीन सबैभन्दा ठुलो २८५ मेगावट क्षमताको जलविद्युत आयोजना हो । यो फक्ताङलुङ गाउँपालिकामा निर्माणाधिन अवस्थामा छ ।

गोल्ड कपमा तेल्लोक स्पोर्टीङ क्लब सहित ८ टिमको सहभागिता हुँदै छ । जसमा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत, फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । प्रतियोगिताको उपविजेताले तीन लाख ५० हजार ८२ रुपैयाँ पाउनेछ भने यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडीले प्रतिनीधि सभा सासंंद योगश भट्टराईको पहलमा यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ । त्यस्तै हरेक दिन टिकट काट्ने दर्शकले स्मार्ट फोन प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 1:26 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम