पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 



सौगात विष्ट 
ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको पाथिभरा बहुमुखी क्याम्पसको  सञ्चालक समिति सदस्यमा विश्वराज नाल्बो मनोनित हुनुभएको छ । पाथिभरा क्याम्पसको विधान २०६७ (संसोधन २०७६) को परिच्छेद ४ धारा ११ को उपधारा १ ले ब्यवस्था गरे बमोजिम अध्यक्षद्वारा सदस्यमा मनोनित हुनुभएको हो । 

क्याम्पसको विधान अनुसार शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी र चन्दादातामध्येबाट अध्यक्षद्वारा एक महिला सहित ३ जना सदस्य मनोनित गर्ने व्यवस्था बमोजिम उहाँलाई सदस्यमा मनोनित गरिएको सञ्चालक समितिका अध्यक्ष शिला ईजमले बताउनुभयो ।

नाल्बो आमविद्यार्थी सङ्घका केन्द्रिय सदस्य साथै नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यस्तै आफू सदस्यमा मनोनित भएसँगै आफ्नो कार्यकालमा क्याम्पसको विकास र उन्नतिको निम्ति निरन्तर लागि पर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

प्रकाशित मिति : 5:13 pm

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत

प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरीलाई 

ताप्लेजुङ, पुष २० गते । प्रथम मानाभारा गोल्डकपको उपाधि माछापोखरी

षड्यन्त्रमा देश फसेको छ : छितिज थेबे 

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा

स्थायित्व र विश्वासिलो लोकतन्त्रका लागि यो निर्वाचन माइलस्टोन : योगेश भट्टराई

ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले