पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 



सौगात विष्ट 
ताप्लेजुङ ।
ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको पाथिभरा बहुमुखी क्याम्पसको  सञ्चालक समिति सदस्यमा विश्वराज नाल्बो मनोनित हुनुभएको छ । पाथिभरा क्याम्पसको विधान २०६७ (संसोधन २०७६) को परिच्छेद ४ धारा ११ को उपधारा १ ले ब्यवस्था गरे बमोजिम अध्यक्षद्वारा सदस्यमा मनोनित हुनुभएको हो । 

क्याम्पसको विधान अनुसार शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी र चन्दादातामध्येबाट अध्यक्षद्वारा एक महिला सहित ३ जना सदस्य मनोनित गर्ने व्यवस्था बमोजिम उहाँलाई सदस्यमा मनोनित गरिएको सञ्चालक समितिका अध्यक्ष शिला ईजमले बताउनुभयो ।

नाल्बो आमविद्यार्थी सङ्घका केन्द्रिय सदस्य साथै नेपाल विद्यार्थी सङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । यस्तै आफू सदस्यमा मनोनित भएसँगै आफ्नो कार्यकालमा क्याम्पसको विकास र उन्नतिको निम्ति निरन्तर लागि पर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।

प्रकाशित मिति : 5:13 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका