ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी



ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङले दुई जना विदेशी खेलाडी अनुबन्धन गरेको छ । क्लबले नाइजेरियन खेलाडी शमूएल ओलुशुला अडेकुन्ले र आइभरी कोस्टीयन खेलाडी फोफोना ब्राहिमनलाई अनुबन्धन गरेको हो । 

उहाँहरूले ए डिभिजन लिग खुलिसक्नुभएको छ । तेल्लोक स्पोर्टीङ क्लबले यो वर्ष ताप्लेजुङ गोल्डकपमा जिल्लाको प्रतिनिधित्व गर्दै छ । आगामी साउन २४ गतेबाट सुरु हुने गोल्ड कपमा तेल्लोक स्पोर्टीङ क्लब सहित ८ टिमको सहभागिता हुँदै छ । 

जसमा अन्तराष्ट्रिय टोली लेजण्ड फुटबल एकेडेमी सिलिगुडी भारत, फिदिम स्पोर्टिङ क्लब पाँचथर, रेडस्टार फुटबल क्लब झापा, द योङ ब्रदर्स क्लब इटहरी सुनसरी, सहलेस युवा क्लब सिराहा, चर्च ब्वाइज क्लब काठमाडौँ, सहारा क्लब पोखरा सहभागी हुने भएका छन् । 

यस वर्ष गोल्डकपको पुरस्कार राशि वृद्धि भएको छ । प्रतियोगिताको विजेताले सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ पुरस्कार पाउने लाखेजात्रा सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै उत्कृष्ट खेलाडीले यामाहाको बाइक समेत प्राप्त गर्ने आयोजकको भनाई छ । 

प्रकाशित मिति : 7:08 am

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम