ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । श्रीमतीलाई कैँची प्रहार गरी हत्या गरेको आरोपमा सिरिजङ्घा गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिका वडा नं. ४ उकाली पानी बस्ने विजय भन्ने सञ्जमान लिम्बू पक्राउ परेका हुन् ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बूले मिति २०८२ साल साउन ८ गते पाँच बजेको समयमा श्रीमती शान्ति राई सँग विवाद हुँदा कोठामा रहेको कैँचीले श्रीमती राईको पेटमा प्रहार गरेका थिए । घटनालाई ढाकछोप गर्न घाइते राईलाई बाटोमा लडेको भनेर श्रीमान लिम्बूले जिल्ला अस्पताल लगेका थिए ।

जिल्ला अस्पतालमा राईको उपचार हुन नसकेपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा साउन १० गते मृत्यु भएको थियो । तर, राईको मृत्यु बाटोमा लडेर नभई श्रीमान लिम्बूद्वारा नै हत्या भएको भनी अनुसन्धानमा खुलेका कारण लिम्बूलाई साउन ११ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार १६:२१

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी

ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार

ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २०

सोमबार सिरिजङ्घा गाउँपालिकाको सबै विद्यालयमा शोक बिदा 

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा

ताप्लेजुङको फावाखोलामा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको