ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । श्रीमतीलाई कैँची प्रहार गरी हत्या गरेको आरोपमा सिरिजङ्घा गाउँपालिका घर भई हाल फुङलिङ नगरपालिका वडा नं. ४ उकाली पानी बस्ने विजय भन्ने सञ्जमान लिम्बू पक्राउ परेका हुन् ।

सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बूले मिति २०८२ साल साउन ८ गते पाँच बजेको समयमा श्रीमती शान्ति राई सँग विवाद हुँदा कोठामा रहेको कैँचीले श्रीमती राईको पेटमा प्रहार गरेका थिए । घटनालाई ढाकछोप गर्न घाइते राईलाई बाटोमा लडेको भनेर श्रीमान लिम्बूले जिल्ला अस्पताल लगेका थिए ।

जिल्ला अस्पतालमा राईको उपचार हुन नसकेपछि जिल्ला बाहिर सुविधा सम्पन्न अस्पताल लैजाने क्रममा साउन १० गते मृत्यु भएको थियो । तर, राईको मृत्यु बाटोमा लडेर नभई श्रीमान लिम्बूद्वारा नै हत्या भएको भनी अनुसन्धानमा खुलेका कारण लिम्बूलाई साउन ११ गते पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।

लिम्बूलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4:21 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ