ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार



ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार दिने भएको छ ।  सिदिङ्वा गाउँपालिका वाडा नं. ५ लिम्बुदिनले पुरस्कार दिने भएको हो । 

यसरी बनाएर प्रचार गरिएको भिडियो भाद्र २५ गतेभित्र वडा कार्यालयमा पठाउनु पर्नेछ । साउन १२ देखि भाद्र २५ गतेसम्म पठाइएको भिडियोलाई मान्यता दिने वडाध्यक्ष अम्बर बहादुर लिम्बूले जनाएका छन् । लिम्बूका अनुसार भिडियो सृजनात्मक हुनुपर्ने छ ।

सिदिङ्वा गाउँपालिका वडा ५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना अवलोकनका लागि यसवर्ष सयौँको सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटक गइरहेका छन् । यसको अझ प्रचार र प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको वडा कार्यालयले जनाएको छ ।

व्यक्तिगत प्रोफाइल, पेज वा ग्रुपको भिडियो प्रतियोगिताका लागि मान्य हुने जनाइएको छ । 

प्रकाशित मिति : 6:57 am

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम