सोमबार सिरिजङ्घा गाउँपालिकाको सबै विद्यालयमा शोक बिदा 



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूमा शोक बिदा दिने भएको छ । गाउँपालिकाको वडा नं. तीन स्थित सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना रसाइलीको मृत्युका कारण सबै विद्यालयमा शोक बिदा दिने भएको हो । 

पालिकाले एक विज्ञप्ति जारी गर्दै सोमबार एक दिन पालिका भरीका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शोक बिदा दिइएको जनाएको छ ।  शिक्षिका रसाइलीको आइतबार बिहान करिब ९ बजेको समयमा फुङलिङ नगरपालिका ११ फावाखोलाको बनपाला सडक खण्डमा बोलेरो दुर्घटना हुँदा मृत्यु भएको थियो । बोलेरो ब्रेक फेल भएर दुर्घटनामा परेको थियो ।

शिक्षिका फुङलिङ बजारबाट विद्यालय जाँदै गर्दा बोलेरो दुर्घटनामा परेको हो । मृतक रसाइली गत वर्ष मात्र शिक्षा सेवा आयोग उत्रिर्ण गरि उक्त विद्यालयमा पोष्टीङ हुनुभएको थियो । 
 

प्रकाशित मिति : 6:58 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा