ताप्लेजुङमा तीन वर्षमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा तीन वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको तथ्याङ्क अनुसार तीन वर्षको अवधीमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको हो ।

जसमा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा परी नौ जनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन अधिकारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ र ०८१/८२ मा समान चार–चार जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ जना पुरुष, दुई जना महिला र तीन जना बालक रहेका छन् । उक्त अवधिमा पाँच जना गम्भिर घाइते हुँदा २० जना समान्य घाइते भएका छन् । यस्तै तीन वर्षको अवधिमा १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा भएको सवारी साधन मध्ये १० वटा क्षतिग्रस्त भएको छ ।

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ । उक्त तीन वर्षको अवधिमा २३ वटा मोटरसाइकल दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 6:11 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ