तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको जिम्मेवारी विशाल लङ्वालाई 



ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्डकपका टिकट बिक्रीको ठेक्का पक्का भएको छ । लाखेजात्रा सञ्चालन समितिले पहिलो पटक आव्हान गरेको तेश्रो ताप्लेजुङ गोल्डकप टिकट बिक्रीको ठेक्का पक्का भएको हो । 

 उक्त टिकट बिक्रीको जिम्मेवारी मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लङ्वा लिम्बूले लिनुभएको छ । आयोजकलाई २० लाख एक हजार बुझाउने गरी जिम्मेवारी लिनुभएको हो । मौखिक सहमति भइसकेको र लिखित सम्झौता हुन बाँकी रहेको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । मादेनका अनुसार समितिको कार्यविधि अनुसार सम्झौता हुनेछ ।

गोल्डकपको क्वाटर फाइनलका चार खेलका लागि एक सय रुपैयाँ तोकिएको छ । यस्तै सेमिफाइनलका दुई खेलका लागि दुई सय र फाइनल खेलका लागि दुई सय ५० टिकटदर तोकिएको छ । गत वर्ष गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

प्रकाशित मिति : 1:09 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम