ताप्लेजुङ गोल्डकपका लागि पाथीभरा क्षेत्र विकास समितिले सात लाख सहयोग गर्ने 



ताप्लेजुङ ।  अन्तराष्ट्रिय आमन्त्रण तेश्रो ताप्लेजुङ गोल्डकपका लागि पाथीभरा क्षेत्र विकास समितिले सात लाख रुपैयाँ दिने भएको छ । आगामी साउन २४ गते देखि सुरु हुने गोल्डकपका लागि पाथीभरा क्षेत्र विकास समितिले यस पटक सहयोग गर्न लागेको हो । 

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेको अध्यक्षतामा बसेको बैठकमा सबैले आ–आफ्नो राय राखेपछि सात लाखको निर्णय भएको एक सदस्यले बताउनुभएको छ ।  निकै लामो छलफलपछि निर्णय भए पनि सार्वजनिक भने गरिएको छैन ।

क्षेत्र विकास समितिले गतवर्ष सहयोग दिएको थिएन । यो वर्ष कार्यविधि बनाएर सहयोग गर्न लागेको जनाइएको छ । समितिले फुङलिङ नगरपालिका जत्तिकै रकम सहयोग गर्न लागेको हो । नगरपालिकाले पनि सात लाख दिने निर्णय नगरसभाबाट पारित गरेको छ । 

थेवेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, गाउँपालिका अध्यक्षहरू पाथीभरा याङवरकका केशर मेन्याङबो, सिरिजङ्गा लालकृष्ण चौहान,  सहायक प्रमुख जिल्ला अधिकार सम्झना खड्का प्रहरी निरीक्षक, वन कार्यालयका अधिकृत समितिका सदस्यहरू शम्भु गौतम, पृथ्वीमान पालुङवा, चेतराज घिमिरे लगायतको सहभागिता रहेको थियो । 

बैठकमा कार्यकारी निर्देशक प्रजिन हाङवाङले यस आर्थिक वर्षको कार्यक्रम प्रस्ताव गर्नुभएको थियो ।  एक सातासम्म जारी रहने प्रतियोगितामा आयोजक तथा अन्तर्राष्ट्रिय एक–एक टिमसहित आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च ब्वाइज क्लब, पोखराको सहारा क्लब र भारत सिलीगुढिको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको छ । आयोजकका अनुसार गत वर्षको प्रतियोगिताको उपविजेता सलहेस बाहेक सबै नयाँ टिमलाई आमन्त्रण गरिएको छ ।

प्रतियोगिताको उपाधि हात पार्ने टिमले नगद सात लाख दुई हजार बयासी रुपियाँ र उपविजेताले तीन लाख प्रचार हजार बयासी रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ । गत वर्ष विजेतालाई पाँच लाख र उपविजेतालाई दुई लाख ५० हजार रुपियाँ प्रदान गरिएको थियो । यस वर्षको विजेतालाई दुई लाख र उपविजेतालाई एक लाख रुपियाँ बढीको पुरस्कार राशि वृद्धि गरिएको छ । यस्तै विविध विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

यस्तै सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाइक प्राप्त गर्ने भएको छ ।

प्रकाशित मिति : 12:54 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ