नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङद्वारा एसईईमा उत्रिर्ण विद्यार्थी सम्मानित 



ताप्लेजुङ । नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्रिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । सङ्घले २०८१ सालको एसईईमा उत्रिर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

एसईईमा उत्रिर्ण जिल्ला भरीका ४८ जना शेर्पा विद्यार्थी र जिल्ला दोस्रो हुन सफल प्रितम गुरुङ गरी जम्मा ४९ जना विद्यार्थीलाई सम्मान गरिएको नेपाल शेर्पा विद्यार्थी सङ्घ ताप्लेजुङका अध्यक्ष मिङ्मा दिकी शेर्पाले बताउनुभयो । जिल्ला प्रथम लार्के शेर्पा हुनुभएको थियो । उहाँ ३.९१ जिपिए ल्याएर जिल्ला प्रथम हुनुभएको थियो भने गुरुङले ३.८६ जिपिए ल्याएर दोस्रो हुनुभएको थियो । 

अध्यक्ष शेर्पाका अनुसार शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरूलाई सम्मान पत्रका साथ सम्मान गरिएको हो । शेर्पा विद्यार्थी सङ्घले यस अघि पनि एसईईमा उत्रिर्ण हुने शेर्पा विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ । विद्यार्थीहरूको हौसलाका लागि सम्मानको कदम अघि सारिएको शेर्पाको भनाई छ । 

सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल शेर्पा विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष फुर्वा छिरिङ शेर्पाको उपस्थिति रहेको थियो । यस्तै अतिथिहरूमा नेपाल शेर्पा सङ्घका संस्थापक अध्यक्ष मात्रिका शेर्पा, निवर्तमान अध्यक्ष पासाङ रिता शेर्पा, नेपाल शेर्पा विद्यार्थी सङ्घका केन्द्रीय कार्यालय सचिव ओङ्दी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति : 6:23 pm

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको