सान्थाक्रामा ४५ दिने सिलाई कटाई सम्बन्धी सिप विकास तालिम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं.२ सान्थाक्रामा सिलाई कटाई सम्बन्धि ४५ दिने सिप विकास तालिम सम्पन्न भएको छ । गत जेठ २७ गतेबाट सुरु भएको सिलाई कटाई सम्बन्धी ४५ दिने आधारभुत सिप विकास तालिम बिहिबार सम्पन्न भएको हो ।


“आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार” भन्ने मुल नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सिलाई कटाई सम्बन्धी तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गाम (डम्बर)ले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को स्विकृत कार्यक्रम अनुसार करिब २ लाख बढी रुपैँया बजेटमा तालिम सञ्चालन गरिएको हो । तालिममा वडाका ५ जना महिलाहरुको सहभागिता रहेको थियो ।


बेरोजगारलाई उद्यमसँग जोडेर आय आर्जनसँग जोडी दिर्घकालीन रुपमा स्वरोजगार बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हाङ्गामले बताउनुभयो । साथै उहाँले स्थानीय स्तरमा नै स्वरोजगार बनाउन आगामी दिनमा उहाँहरुलाई थप तालिम दिएर व्यवसायि बनाउने प्रतिवद्धता जनाउनुभयो । तालिमको प्रशिक्षण घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङ महिला समिती अध्यक्ष विष्णु श्रेष्ठले दिनुभएको थियो ।

प्रकाशित मिति : 10:27 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम