फक्ताङलुङ स्थित उत्तरदक्षिण लोकमार्गको रानीपुल बेलिब्रिज बढीले बगायो 



ताप्लेजुङ । अबिर वर्षा सँगै आएको बढीले उत्तरदक्षिण लोकमार्गको रानीपुल बेलिब्रिज बगाएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउपालिका पाँच हेल्लोक खोलामा आएको बाढीले उक्त बेलिब्रिज बगाएको हो । 

मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहान ४ बजेसम्म परेको भारी वर्षाका कारण  उत्तरदक्षिण लोकमार्गमा पर्ने फक्ताङ्लुङ गाउँपालिका वडा नं. ५ र ६ जोड्ने रानीपुल बेलिब्रिज बगाएकाले यातायात ठप्प भएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।

 उहाँका अनुसार अहिले तमोर खोलाको बहाव बढेको छ । साथै वडा नं. ६ लेलेपको फाङ्बारी स्कुलको छेउबाट पहिरो झरेको छ । उक्त ठाउँमा गत वर्ष पनि पहिरो झरेको थियो । अध्यक्ष लिम्बूको अनुसार अहिले सम्म मानवीय क्षति भने भएको छैन । 

यस्तै घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी रहेको साथै सिँवा र तापेथोक प्रहरी चौकीका प्रहरीसँग समन्वय गरिरहेको उहाँको भनाई छ । तत्काल उक्त क्षेत्रको समस्या समाधान गर्न सम्बन्धित सबै निकाय जुट्न अध्यक्ष लिम्बूले आग्रह समेत गर्नु भएको छ । 

प्रकाशित मिति : 7:39 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा