फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश अन्तर्गतको पूर्वाधार विकास कार्यालय ताप्लेजुङमै स्थापना भएको हो ।

कार्यालयको उद्‌घाटन कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले गर्नु भएको छ । ताप्लेजुङमै कार्यालय नहुँदा जिल्लावासीले इलाम पुगेर सेवा लिनु पर्ने बाध्यता रहेको थियो । ताप्लेजुङमै पूर्वाधारको शाखा कार्यालय स्थापना भएपछि जिल्लावासीले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रदेश सरकारले १४ ओटै जिल्लामा कार्यालय सञ्चालनमा ल्याउने उद्देश्य अनुसार नै ताप्लेजुङमा पनि स्थापना गरिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले बताउनुभयो । कार्यालय स्थापना भएसँगै जिल्लामा हुने विकास निर्माणका कामहरू, सडक, पक्की पुल, झोलुगेँपुल, सहरी सडक, जनता आवास कार्यक्रम, सरकारी भवनलगायत निर्माण तथा मर्मत सम्भारको काम हुने बताइएको छ ।

प्रकाशित मिति : 6:41 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ