फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ नागरिकले निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका हुन् । 

फुङलिङ–८ ले वार्षिक बजेटअन्तर्गत एक आर्थिक वर्षका लागि आफ्ना जनतालाई यस्तो सेवा प्रवाह प्रारम्भ गरेको वडाध्यक्ष क्षितिज सुनुवारले बताउनुभयो । उहाँका अनुसार  उमेर हद तोकिएका नागरिकले अस्पताल जानका लागि वडाध्यक्ष, वडा सदस्य, वडा कार्यालय वा वडाले तोकेका एम्बुलेन्स चालकसँग सम्पर्क गरे तत्कालै सेवा पाउने छन् ।

अन्य नागरिक हिँडेर पनि जान सक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उहाँको भनाई छ । वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो । 

यस्तै वडाले अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आईतवार १०:५९

ताप्लेजुङमा हजार बढी सवारी साधन कारबाहीमा पर्दा आठ लाख राजश्व सङ्कलन

ताप्लेजुङ। ताप्लेजुङमा एक वर्षको अवधिमा एक हजार बढी सवारी साधन

फुङलिङ ८ का बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ८ मा बालबालिका र ज्येष्ठ

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजस्व सङ्कलन

ताप्लेजुङ । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजस्व सङ्कलन गरेको

अप्पर तमोर हाइड्रोपावर खारेजीको माग गर्दै आज विरोध प्रदर्शन

ताप्लेजुङ । अप्पर तमोर हाइड्रोपावर सङ्घर्ष समितिले निर्माणधीन हाइड्रोपावर खारेज

रबि लामिछानेमाथिको षड्यन्त्र र नयाँ युगको संकेत

इ.वीरेन्द्र श्रेष्ठ ताप्लेजुङ । प्रस्तावना: यो राष्ट्र फेरि चुरिएको छहिजो