अप्पर तमोर हाइड्रोपावर खारेजीको माग गर्दै आज विरोध प्रदर्शन



ताप्लेजुङ । अप्पर तमोर हाइड्रोपावर सङ्घर्ष समितिले निर्माणधीन हाइड्रोपावर खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । निर्माणधीन मध्ये जिल्लाकै सबैभन्दा ठूलो क्षमता २८५ मेगावटको हाइड्रोपावर खारेजीको माग गर्दै आज विरोध प्रदर्शन गरेका हुन् । 

फक्ताङ्लुङ गाउँपालिकाका स्थानीयले निर्माणस्थलमै कालो झन्डा सहित विरोध जनाएका छन् । याक्थुङ लिम्बू समुदायको मौलिक संस्कृति, मुन्धुमी स्थलको विनाश हुने भएकाले हाइड्रोपावर निर्माण गर्न नहुने अडानका साथ विगत लामो समय अगाडिदेखि सङ्घर्ष समितिले आन्दोलन गरिरहेका छन् । 

समितिका अनुसार यश अघि पनि पटक-पटक स्थलगत रुपमा विरोधका कार्यक्रम गरिएको थियो । निर्माण कार्य सुरु गरिएको क्षेत्रमा समितिले कालो झन्डा समेत गाडेर विरोध जनाएका थिए । सो स्थलमा आज सहित ५ औ पटक विरोधका कार्यक्रम आयोजना गरिएको समितिका सल्लाहकार सदस्य श्री लिङ्खिमले जानकारी दिनुभयो ।

उहाँका अनुसार समयमै राज्यले स्थानियको मागलाई ध्यानमा राखेर निर्माणको कार्य स्थगित नगरे आन्दोलन शसक्त रुपमा अघि बढाउने तयारी रहेको छ । आन्दोलनरत पक्ष सँग विभिन्न सरोकारहरु सँग पटक पटक जिल्ला प्रशासन कार्यलयमा छलफल बसे पनि टुङ्गोमा पुग्न सकेको छैन ।

कम्पनीले फाक्ताङ्लुङ गाउँपालिकाको लिङ्खिम र फुङ्लिङ नगरपालिकाको फुरुम्बूको सिमानामा निर्माणको कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : 7:59 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा