एक वर्षमा दुई लाख १७ हजार बढी भक्तजनले गरे पाथीभराको दर्शन



ताप्लेजुङ । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षको अवधिमा दुई लाख १७ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्ष २०८१–०८२ मा दुई लाख १७ हजार ८७६ जना भक्तजनले दर्शन गरेका हुन् । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दर्शनार्थीको सङ्ख्या केही घटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा २ लाख ३१ हजार ३३४ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । 

यो वर्ष दर्शनार्थीको सङ्ख्या घट्नुमा निर्माणाधीन पाथीभरा केबुलकारका कारण उत्पन्न विवादले भएको बन्द लगायतका कारण प्रमुख भएको कार्यकारी निर्देशक हाङबाङको भनाई छ । आर्थिक वर्ष २०८१–०८२ मा सबैभन्दा धेरै दर्शनार्थी कार्तिक महिनामा आएका थिए । जसमा ६१ हजार १७३ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । आर्थिक वर्षको सुरुवाती समय साउन महिनामा भने सबैभन्दा कम १ हजार ९५५ जना मात्र आएका थिए । 

आगामी समयमा पर्यटक सुविधामा सुधार, पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिँदै पाथीभरा क्षेत्रमा अझ भक्तजन आकर्षित गर्ने योजना सहित काम गर्ने क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे लिम्बूले बताउनुभयो । 

पाथीभरालाई सबै धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ र धार्मिक पर्यटकीय दृष्टिले पूर्वी नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । पछिल्लो समयमा भारत बाहेकका मुलुकका समेत नागरिकहरू आउन थालेको समितिले जनाएको छ ।

प्रकाशित मिति : 6:44 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका