ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान



ताप्लेजुङ । तेस्रो अन्तराष्ट्रिय आमन्त्रित ताप्लेजुङ गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान गरिएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिको आयोजनामा आँउदो साउन २४ गतेदेखि फुङलिङमा सञ्चालन हुने उक्त गोल्डकपमा टिकट बिक्री गर्न बोलपत्र आव्हान गरिएको हो ।

गोल्डकपमा टिकट बिक्रीको लागि इच्छा भएको कम्पनी, संस्था वा समुहहरुले ७ दिन भित्र लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा सम्पर्क राख्न राख्नु पर्ने छ । प्रतियोगिताको पहिलो चरणका ४ वटा खेलको टिकट दर एक सय रुपियाँ रहने लाखेजात्रा सञ्चालन समितिका सचिव टेकेन्द्र नेपालीले बताउनुभयो ।

यस्तै दोस्रो चरण ९सेमिफाइनल० खेलको लागि टिकट दर दुई सय रुपियाँ रहने र फाइनल खेलको टिकट दर दुई सय पचास रुपियाँ रहने छ । टिकट बिक्री गर्ने कम्पनी, संस्था वा समुहले कम्तीमा २० लाख रुपियाँ बुझाउनु पर्ने छ । गोल्डकप सञ्चालनका लागि तयारी स्वरुप खेलमैदानमा दुबो रोप्ने कार्य सम्पन्न भएको छ भने, अस्थायी प्याराफिट निर्माण कार्य सुरु भएको छ ।

गत वर्ष ताप्लेजुङ गोल्डकपमा २४ लाख ४८ हजार पाँच सय रुपियाँको टिकट बिक्री भएको थियो । फाइनलमा एकैदिन १० लाख १४ हजार रुपैयाँको टिकट बिक्री भएको थियो । उक्त दिन ४ हजार ५६ जना दर्शकले २५० दरले टिकट काटेका थिए ।

प्रथम संस्करणमा तीन लाख, दोश्रो संस्करणमा पाँच लाख रुपियाँ नगर पुरस्कार प्रदान गरिएको गोल्डकपको पुरस्कार राशि यस वर्ष बढाउने चर्चा भइरहेको छ । आम्दानीका आधारमा पुरस्कार राशि समेत वृद्धि गर्ने तयारी भइरहेको समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो ।

प्रकाशित मिति : 10:46 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ