ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग सञ्चालनमा आयो



ताप्लेजुङ । ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गत २५ गते देखि अवरुद्ध भएको लोकमार्ग करिब एक सातापछि सञ्चालनमा आएको हो ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा अवस्थित उक्त लोकमार्गको अस्थायी मोटरबेल काठेपुल साथै करिव २ सय मिटर सडक बढीले बगाउँदा यातायात ठप्प भएको थियो । गत असार २७ गतेदेखि सुरु भएको मर्मत कार्य मङ्गलबार सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो ।

बाढीले बगाएको लेलेप थाक्पुखोला लावाजेन जाने बाटो र उत्तर दक्षिण लोकमार्ग पुनर्निर्माणमा दुई वटा एक्स्काभेटर मेसिन प्रयोग गरिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ । मेसिन सुपर तमोर हाइड्रो पावर कम्पनीले उपलब्ध गराएको थियो । सडक मर्मतका लागि आवश्यक इन्धन भने गाउँपालिकाले उपलब्ध गराएको थियो ।

यस्तै, पालिकाले तत्काल पाँच लाख रुपियाँ रकम समेत विनियोजन गरेको थियो । सदरमुकामबाट ओलाङचुङगोला हुँदै टिपताला भञ्ज्याङसम्म जाने यो सडक अब इलाडाँडा हुँदै सुकेपानीसम्म चल्नेछ । सुकेपानीमा भने तमोर नदीमा पानीको बहाव बढेकाले गाडी पार गर्न नसक्ने बताइएको छ ।

यसवर्षको वर्षाले लेलेपको थाक्पुखोलामा पैदलयात्री हिँड्ने आरसीसी पुल दुईवटा र याम्फुदिन हुँदै कञ्चनजङ्घा बेसक्याम्प जाने सिम्बुवाखोलाको झोलुङ्गे पुल बगाएको छ ।

यस्तै थाक्पुखोलाबाट उत्पादित लघु जलविद्युतको कुलो पनि बाढीले क्षतिग्रस्त बनाएपछि विद्युत सेवा समेत अवरुद्ध भएको छ । अहिले साविक लेलेपका ३, ४, ५, ६ र ७ वडाका बासिन्दा विद्युत सुविधाबाट बञ्चित भएका छन् । सो कार्यको समेत मर्मतको काम जारी रहेपनि सम्पन्न हुन महिनौँ दिन लाग्ने अध्यक्ष लिम्बुको भनाइ छ ।

प्रकाशित मिति : 10:43 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा