कञ्चनजङ्घा आउने पर्यटक बढे, २७ लाख राजस्व असुली



ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) ले आइतबार फुङलिङमा आयोजना गरेको कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद यादवले तथ्याङ्क सार्वजनिक गर्दै कञ्चनजङ्घा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । उ

हाँका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८५ जनाले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए । यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ मा सातसय ७० पुरुष र चारसय ६३ महिला गरी एक हजार दुईसय ३३ जनाले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।

संरक्षण क्षेत्र कार्यालयले पर्यटकहरूबाट कुल २७ लाख ४० हजार ८ सय २४ रुपियाँ राजस्व असुली गरेको छ । पर्यटन शुल्क वापत १६ लाख ८५ हजार पाँच सय रुपियाँ र वन क्षेत्रको रोयल्टी वापत १० लाख ६ हजार ६ सय ४७ रुपियाँ असुली गरिएको प्रमुख संरक्षण अधिकृत यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १८:२९

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल

तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की

रेडियो काबेलीताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन

फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु