कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगायो



ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगाएको छ । कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने सिम्बुवा खोलाको पुल बाढीले बगाएको हो ।

तोरोङदिन भन्ने स्थानमा रहेको पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले बताउनुभएको छ । उहाँका अनुसार पुल असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।

पुल नहुँदा तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जान पूर्णरूपमा ठप्प भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, दुन्दु डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । यो मार्ग भएर भदौदेखि मङ्सिरसम्म स्वदेशी तथा विदेशी पर्यटक ट्रेकिङ जाने गर्छन् ।

उक्त पुल तत्कालीन जिल्ला विकास समिति अन्तर्गत रहेको दुर्गम विकास समितिले बनाएको थियो । यस्तै औली क्षेत्रमा पानीको अभाव भइरहँदा हिमाली क्षेत्रमा बाढी आउने र क्षति गर्ने क्रम तीव्र छ ।

कञ्चनजङ्घा हिमालको साउथ बेसक्याम्प जाने मार्गमा पर्ने तोरोङदिन स्थित सिम्बुवा खोलाको पुल बाढीले बगाए पछिको अवस्था ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १८:२०

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल

तरुण दल मिक्वाखोला अध्यक्षमा राजन कार्की

रेडियो काबेलीताप्लेजुङ । नेपाल तरुण दल मिक्वाखोला गाउँपालिका अध्यक्षमा राजन

फक्ताङलुङमा करेन्ट लागेर एकको मृत्यु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकामा करेन्ट लागेर एकजना मृत्यु