मैवाखोलाको नारायणी माविले पायो स्नातक तहको सम्बन्धन



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय साँघुले स्नातक तह अध्यापन गराउन सम्बन्धन प्राप्त गरेको छ । नारायणी माध्यमिक विद्यालयलाई पूर्वाञ्चल विश्व विद्यालयले सम्बन्धन प्रदान गरेको हो ।

सम्बन्धन सहमतिपत्रमा विश्व विद्यालयको तर्फबाट योजना महाशाखा प्रमुख कमलप्रसाद दुलाल र विद्यालयको तर्फबाट शिक्षक रुपनारायण घिमिरेले हस्ताक्षर गर्नुभएको छ । यहाँ चार वर्षे बिएडको पढाइ हुने भएको छ ।

अङ्ग्रेजी, सामाजिक र नेपाली मुख्य विषय रहेको यहाँ एक शैक्षिक सत्रमा ६० जनाले पढ्न पाउनेगरी सम्बन्धन दिइएको बताइएको छ । यसमा नियमानुसार क्याम्पसले छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने हुन्छ ।

योसँगै ताप्लेजुङमा स्नातक तहको अध्ययन हुने तीन वटा कलेज भएका छन् । यसअघि पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा स्नातक तहको पढाइ हुँदै आएको थियो ।

तर, जिल्लाको निर्वाचन क्षेत्र दुई मा भने यो पहिलो स्नातक तहको पढाइ हुने क्याम्पस बनेको हो । पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा निर्वाचन क्षेत्र एकमा पर्दछ ।

प्रकाशित मिति : 11:13 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी