फुङलिङ बजारको विभिन्न क्षेत्रमा रहेका सुँगुरको खोर सात दिन भित्र हटाउनु पर्ने 



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरू हटाउन आग्रह गरिएको छ । फुङ्लिङ नगरपालिकाले ७ दिन भित्र नगरपालिकामा अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरू हटाउन आग्रह गरेको हो । 

शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै फुङलिङ बजार क्षेत्रको बिभिन्न स्थानमा रहेका सुँगुरको खोर हटाउन आग्रह गरेको छ । जसअन्तर्गत तोक्मेडाँडा, कफि हाउस आसपास क्षेत्रमा रहेका खोरहरू हटाउन आग्रह गरिएको छ । 

यस्तै तोक्मेडाँडा हुँदै पालसिङडाँडा–बुद्धचोक–बिहिबारे आसपास क्षेत्रका, शेर्पाटोल– दाहाल गाउँ–बाझोगरा प्राथमिक विद्यालय क्षेत्रका खोर हटाउन आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतमले जानकारी दिनुभएको छ । 

उहाँका अनुसार बिरेन्द्रचोक–हुलाक टोल–नवज्योति बोर्डिङ स्कुल–नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर विद्यालय, पुरानो गोसलाईन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासका क्षेत्रमा र भानु जन माध्यमिक विद्यालय, सेतिधारा बोझे आसपासका क्षेत्रमा सुँगुरको खोर तथा सुँगुरका लागि निर्माण गरिएका संरचना हटाउन सूचना मार्फत अनुरोध गरिएको छ ।

 अव्यवस्थित रुपमा रहेका सुँगुरका खोरहरुबाट दुर्गन्ध फैलिएको र पैदल यात्रा गर्नेहरूलाई असर परेको गुनासो आएका कारण सोही गुनासोलाई मध्यनजर गरी अव्यवस्थित सुँगुरको खोर हटाउने कार्य सुरु गरिएको नगरपालिकाको भनाइ छ ।

प्रकाशित मिति : 6:00 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा