ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 



ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका तीन थुङरुङ्वाका राज कुमार लिम्बू देवानको उपचारको क्रममा मृत्यु भएको हो । 

३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानी सँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारको लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो । 

उपचारको क्रममै उहाँको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । हाल देवानको शव साब्लाखु स्वास्थ्य चौकीमा राखिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ । 

यस्तै सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङले लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ छ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते हुनुभएको हो ।  

घाइते लिम्बूको स्वास्थ्य चौकी साब्लाखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरि निरिक्षक बिवेक बस्नेतले  जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 9:46 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ