ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 



ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका तीन थुङरुङ्वाका राज कुमार लिम्बू देवानको उपचारको क्रममा मृत्यु भएको हो । 

३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानी सँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारको लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो । 

उपचारको क्रममै उहाँको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । हाल देवानको शव साब्लाखु स्वास्थ्य चौकीमा राखिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ । 

यस्तै सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङले लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ छ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते हुनुभएको हो ।  

घाइते लिम्बूको स्वास्थ्य चौकी साब्लाखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरि निरिक्षक बिवेक बस्नेतले  जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : 9:46 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०