एक महिनापछि ताप्लेजुङमा भयो उडान



ताप्लेजुङ । ताप्लेजुङमा करिब एक महिनापछि हवाई उडान भएको छ । मौसम खराब भएर उडान हुन नसकेको करिब एक महिनापछि सुकेटार विमान स्थलमा जहाज अवतरण भएको हो ।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले गत जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प भएको थियो । करिब एक महिनापछि आज ९सोमबार० मौसममा सुधार आएसँगै उडान समेत सफल भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँबाट चार जना यात्रु आएका छन् भने ताप्लेजुङबाट पाँच जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । असार यता छ वटा उडान प्रभावित भएका थिए । बर्खायामको सिजन सुरु भएसँगै प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको इन्चार्ज कार्कीको भनाइ छ ।

जहाज नआउँदा टिकट लिएर बसेका यात्रुहरू पुनः गाडीकै माध्यमबाट यात्रा गर्न बाध्य भएका थिए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौँ प्रस्थान गर्नेका लागि अहिले नौ हजार दुई सय रुपियाँ भाडादर कायम रहेको कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार १२:४१

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी

सामाजिक सञ्जाल दर्ता हुन आएनन्‚ बन्द गर्ने सरकारी चेतावनी

ताप्लेजुङ, भदौ १८ गते । सरकारले सामाजिक सञ्जाललाई नेपालको कानुनअनुसार

सुनको भाउमा लगातार कीर्तिमान : तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

ताप्लेजुङ, भदौ १७ गते । सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै