ताप्लेजुङमा फैलन थाल्यो लम्पी स्किन सङ्क्रमण



ताप्लेजुङ । ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौ मध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । जसमा सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेन गाउँपालिकाका १०, सिरिजङ्गाका गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ गनरपालिकाका ७ र आठराई त्रिबेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो ।

देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रमुख डाक्टर दाहालले बताउनुभयो । थप सङ्क्रमण बढ्न नदिनका लागि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत रोकथामका रणनीति अघि बढाइएको छ ।

सङ्क्रमित पशुचौपायालाई छुट्टै गोठको व्यवस्था गरि राखिएको छ। जिल्लको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने सङ्क्रमण देखा नपरेको डाक्टर दाहालको भनाई छ ।

यस्तै अहिलेसम्म ४ हजार ७ सय ५० डोज लम्पी स्किन संक्रमणविरुद्धको खोप प्रदान भइसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 12:37 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा