ताप्लेजुङमा फैलन थाल्यो लम्पी स्किन सङ्क्रमण



ताप्लेजुङ । ताप्लेजुङमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलन थालेको छ । जिल्लाको नौ मध्ये ६ स्थानीय तहमा लम्पी स्किनको सङ्क्रमण देखा परेको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको छ । जसमा सिदिङ्वा गाउँपालिकाका २, मेरिङदेन गाउँपालिकाका १०, सिरिजङ्गाका गाउँपालिकाका ५, फक्ताङलुङ गाउँपालिकाका २, फुङलिङ गनरपालिकाका ७ र आठराई त्रिबेणी गाउँपालिकाका ८ वटा पशुचौपयामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको हो ।

देखिएका लक्षण र पशुपालकले दिएको सूचनाका आधारमा जिल्लाका सबै स्थानीय तहमा पुगी पशुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको प्रमुख डाक्टर दाहालले बताउनुभयो । थप सङ्क्रमण बढ्न नदिनका लागि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तथा मातहतका निकायमार्फत रोकथामका रणनीति अघि बढाइएको छ ।

सङ्क्रमित पशुचौपायालाई छुट्टै गोठको व्यवस्था गरि राखिएको छ। जिल्लको मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकामा भने सङ्क्रमण देखा नपरेको डाक्टर दाहालको भनाई छ ।

यस्तै अहिलेसम्म ४ हजार ७ सय ५० डोज लम्पी स्किन संक्रमणविरुद्धको खोप प्रदान भइसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 12:37 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ