श्री साङक देछ्योलिङ गोन्पा विद्यालयद्धारा एसईईमा उतिर्ण विद्यार्थीलाई सम्मान 



ताप्लेजुङ । ताप्लेजुङको श्री साङक देछ्योलिङ गोन्पा विद्यालयले एसईईमा सर्वोकृष्ट अङ्क ल्याउन सफल साथै उत्रिर्ण हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नम्बर नौ हाङदेवा स्थित रहेको उक्त विद्यालयले एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई सम्मान गरेको हो । 

विद्यालयले विद्यार्थीहरूलाई कदरपत्रका साथ सम्मान गरेको छ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि बनेका उक्त विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो। विद्यालयका लाके शेर्पा जिल्लाकै उत्कृष्ट बन्नु भएको छ । उहाँले ३.९१ जिपिए प्राप्त गर्नुभएको छ । 

यस्तै सोही विद्यालयका प्रितम गुरुङ जिल्ला द्वितीय हुनुभएको छ । उहाँले ३.८६ जिपिए अङ्क ल्याउनुभएको हो । उक्त विद्यालयबाट सत प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्रिर्ण भएका थिए । ११ जना विद्यार्थी मध्ये ११ जनै विद्यार्थी उत्रिर्ण भएको हो । 

साथै विद्यालयले शिक्षकहरूलाई पनि सम्मान गरेको छ । विद्यालयका सम्पूर्ण शिक्षकहरूलाई कदर पत्रका साथ नगद जनही पाँच हजारका दरले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले बताउनुभयो । 

फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख भिमादेवी ओझा, वडा नं. ९ का वडा अध्यक्ष लक्षमण गुरुङ, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भटटराई, शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

प्रकाशित मिति : 9:31 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)