आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति



ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन)ले आफ्नो कार्य अवधिमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गर्नुभएको हो ।

गाउँपालिका अध्यक्षले आफ्नो कार्यकालमा गर्नुभएको शिक्षा क्षेत्रका १८ कार्य सार्वजनिक गर्नुभएको छ । जसमा पालिकाले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ । यस्तै पालिका भित्रका ३३ वटा सामुदायिक विद्यालयमा निःशुल्क फाइबर नेट जडान गरी सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष पोमूले सार्वजनिक गर्नुभएको कार्यमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आनीपान भाषा, शेर्पा भाषा र मगर भाषालाई स्थानीय पाठ्यक्रमको रुपमा सञ्चालनमा ल्याएको छ । २०८० साल माघ महिनाबाटै शिक्षकहरूको तलबभत्ता मासिक रुपमा निकासा गर्न थालिएको दरबन्दी मिलान गरी सम्भव भएसम्म पालिकाका सबै विद्यालयमा विषय शिक्षकको व्यवस्थापन गरिएको छ ।

यस्तै प्रयोग भइसकेको सेनिटरी प्याड डिस्पोजल मेसिन खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ भने, पालिकाका सबै माध्यमिक विद्यालयहरूमा सिसी टिभी जडान गरिनुका साथै पालिका भरिका ३३ वटै विद्यालयमा इ–हाजिरी सञ्चालनमा ल्याइएको छ ।

बालमैत्री विद्यालय निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम बिनियोजन गरिएको पालिका अध्यक्ष पोमूको भनाइ छ । कक्षा एकदेखि आठसम्म र कक्षा एकदेखि १२ सम्म सञ्चालनमा रहेका विद्यालयहरूमा विद्यालय लेखा व्यवस्थापन प्रणाली सुरु गरी विद्यालयले आफ्नै विद्यालयबाट बैङ्क चेक काट्न पाउने प्रणाली सुरु गरेको छ ।

विद्यालयको लेखा परीक्षणमा सर्शत बाहेक कक्षा एकदेखि पाँचसम्म सञ्चालन भएका विद्यालयलाई नगद पाँच हजार रुपियाँ, कक्षा एकदेखि आठसम्म सञ्चालन भएका विद्यालयलाई १० हजार रुपियाँ, कक्षा एकदेखि १० सञ्चालन भएका विद्यालयलाई १५ हजार रुपियाँ र कक्षा एकदेखि १२ सम्म सञ्चालन भएका विद्यालयलाई २५ हजार रुपियाँ थप अनुदान उपलब्ध गराइदै आएको छ ।

पालिकाले गरिब तथा जेहेन्ददार सात जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको सम्पूर्ण दायित्व लिएको छ । यस्तै पालिकाका सबै विद्यालयलाई पालिकाले प्रशासनिक खर्च उपलब्ध गराउने गरेको छ भने प्रत्येक महिना पालिका भरीका सबै विद्यालयका प्रधानाध्यापक, कार्यपालिका तथा गाउँ शिक्षा समितिका सदस्यहरूसँग शैक्षिक अवस्था बारे छलफल हुने गरेको र उक्त बैठकमा सहभागी भएबापत प्रधानाध्यापकहरूलाई यातायात खर्च समेत उपलब्ध गराउने गरेको छ ।

पालिका आफैँले पालिका स्तरीय नमूना विद्यालय छनौट गरी पदमसिंह माध्यमिक विद्यालयमा कक्षा ११, १२ सुरु गरिएको अध्यक्ष पोमूको भनाई छ । माध्यमिक विद्यालयहरूमा मार्सल आर्ट विधामा खेलहरूका लागि प्रशिक्षकको व्यवस्था गरिएको छ । यस्तै कक्षा ११ र १२ मा शून्य दरबन्दी भएका विद्यालयहरूमा शिक्षक तथा पढाई व्यवस्थापनका लागि पालिकाले अनुदान उपलब्ध गराउने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार १८:०४

ताप्लेजुङको दिङ्लामा लम्पी स्किन रोग फेला

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ४ दिङ्लामा लम्पी

आठराई त्रिबेणीको शिक्षा क्षेत्रमा १८ प्रगति

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति

फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट

नापी कार्यालय ताप्लेजुङको सेवा दुई दिन बन्द हुने

ताप्लेजुङ । ताप्लेजुङको नापी कार्यालय दुई दिन बन्द हुने भएको

फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन हुन नसकेको निष्कर्ष 

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजार क्षेत्रमा ठोस फोहोरको उचित व्यवस्थापन