फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 



ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट शिक्षकलाई नगदसहित सम्मान गरेको छ । वडाले सात वटा विद्यालयका उत्कृष्ट एक एक जना गरी सात जना शिक्षकलाई सम्मान गरेको हो । 

वडा अध्यक्ष क्षितिज सुनुवारका अनुसार उहाँहरूलाई जनही दश हजार सहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । जसमा श्री सिद्वकाली माध्यमिक विद्यालयका शिक्षक अम्बर कुमार राई, मेवा राजा आधारभूत विद्यालयका शिक्षक टेकनाथ निरौलालाई सम्मान गरिएको छ । 

यस्तै विद्याज्योजी आधारभूत विद्यालयका शिक्षक इन्द्र गुरूङ, काभ्रे आधारभुत विद्यालयका शिक्षक पवित्रा गुरूङ, यलम्बर आधारभुत विद्यालयका देवीमाया गौतम (नेपाल), जलकल्याण आधारभूत विद्यालयका तारा अधिकारी (गौतम) र शिवालय आधारभुत विद्यालयका धना नेपाललाई सम्मान गरिएको छ ।

 यस्तै उक्त सातवटा विद्यालयबाट उत्कृष्ट  विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई पनि सम्मान गरिएको छ । जसमा विद्यालय व्यवस्थापन समितिमा मेवाराजा विद्यालयका मनोज पालुङवालाई सम्मान गरिएको छ । साथै शिक्षक अभिभावक सङ्घ अध्यक्षमा सोही विद्यालयकै महेश सुनुवारलाई सम्मान गरिएको वडा अध्यक्ष सुनुवारले बताउँनुभयो । 

उहाँहरूलाई पनि नगद दश हजार रुपियाँ सहित प्रमाण पत्रका साथ सम्मान गरिएको हो । विषेश गरि शिक्षकहरूका जागरुकता प्रदान गर्नका लागि सम्मानको कार्य गरिएको वडा अध्यक्ष सुनुवारको छ । 

प्रकाशित मिति : 5:54 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको