फुङ्लिङ ८ का उत्कृष्ट ७ शिक्षक सम्मानित 



ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट शिक्षकलाई नगदसहित सम्मान गरेको छ । वडाले सात वटा विद्यालयका उत्कृष्ट एक एक जना गरी सात जना शिक्षकलाई सम्मान गरेको हो । 

वडा अध्यक्ष क्षितिज सुनुवारका अनुसार उहाँहरूलाई जनही दश हजार सहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । जसमा श्री सिद्वकाली माध्यमिक विद्यालयका शिक्षक अम्बर कुमार राई, मेवा राजा आधारभूत विद्यालयका शिक्षक टेकनाथ निरौलालाई सम्मान गरिएको छ । 

यस्तै विद्याज्योजी आधारभूत विद्यालयका शिक्षक इन्द्र गुरूङ, काभ्रे आधारभुत विद्यालयका शिक्षक पवित्रा गुरूङ, यलम्बर आधारभुत विद्यालयका देवीमाया गौतम (नेपाल), जलकल्याण आधारभूत विद्यालयका तारा अधिकारी (गौतम) र शिवालय आधारभुत विद्यालयका धना नेपाललाई सम्मान गरिएको छ ।

 यस्तै उक्त सातवटा विद्यालयबाट उत्कृष्ट  विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई पनि सम्मान गरिएको छ । जसमा विद्यालय व्यवस्थापन समितिमा मेवाराजा विद्यालयका मनोज पालुङवालाई सम्मान गरिएको छ । साथै शिक्षक अभिभावक सङ्घ अध्यक्षमा सोही विद्यालयकै महेश सुनुवारलाई सम्मान गरिएको वडा अध्यक्ष सुनुवारले बताउँनुभयो । 

उहाँहरूलाई पनि नगद दश हजार रुपियाँ सहित प्रमाण पत्रका साथ सम्मान गरिएको हो । विषेश गरि शिक्षकहरूका जागरुकता प्रदान गर्नका लागि सम्मानको कार्य गरिएको वडा अध्यक्ष सुनुवारको छ । 

प्रकाशित मिति : 5:54 pm

ताप्लेजुङ सेवा समाज मलेसियाद्धारा सिदिङ्वाका मृगौला पिडितलाई आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका

पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल

मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो

रेडियो काबेलीताप्लेजुङ । मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया

पाथीभरामा ३३ लाख ८२ हजार भेटी सङ्कलन 

ताप्लेजुङ, कात्तिक १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ)मा

ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल