ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नं. ८ ले विद्यालयका उत्कृष्ट शिक्षकलाई नगदसहित सम्मान गरेको छ । वडाले सात वटा विद्यालयका उत्कृष्ट एक एक जना गरी सात जना शिक्षकलाई सम्मान गरेको हो ।
वडा अध्यक्ष क्षितिज सुनुवारका अनुसार उहाँहरूलाई जनही दश हजार सहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । जसमा श्री सिद्वकाली माध्यमिक विद्यालयका शिक्षक अम्बर कुमार राई, मेवा राजा आधारभूत विद्यालयका शिक्षक टेकनाथ निरौलालाई सम्मान गरिएको छ ।
यस्तै विद्याज्योजी आधारभूत विद्यालयका शिक्षक इन्द्र गुरूङ, काभ्रे आधारभुत विद्यालयका शिक्षक पवित्रा गुरूङ, यलम्बर आधारभुत विद्यालयका देवीमाया गौतम (नेपाल), जलकल्याण आधारभूत विद्यालयका तारा अधिकारी (गौतम) र शिवालय आधारभुत विद्यालयका धना नेपाललाई सम्मान गरिएको छ ।
यस्तै उक्त सातवटा विद्यालयबाट उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक सङ्घका अध्यक्षलाई पनि सम्मान गरिएको छ । जसमा विद्यालय व्यवस्थापन समितिमा मेवाराजा विद्यालयका मनोज पालुङवालाई सम्मान गरिएको छ । साथै शिक्षक अभिभावक सङ्घ अध्यक्षमा सोही विद्यालयकै महेश सुनुवारलाई सम्मान गरिएको वडा अध्यक्ष सुनुवारले बताउँनुभयो ।
उहाँहरूलाई पनि नगद दश हजार रुपियाँ सहित प्रमाण पत्रका साथ सम्मान गरिएको हो । विषेश गरि शिक्षकहरूका जागरुकता प्रदान गर्नका लागि सम्मानको कार्य गरिएको वडा अध्यक्ष सुनुवारको छ ।
प्रतिक्रिया