ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।  मिक्वाखोला गाउँपालिका ९३ लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्ने क्रममा खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार शेर्पा सोमबार दिउँसो साढे १ बजे फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा पौडी खेल्न जानुभएको थियो । सोही क्रममा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।  

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकको रुपमा काम गर्दै आउनुभएको थियो । अहिले बेपत्ता शेर्पाको खोजी कार्यका जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:00 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ