ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेको उद्योग शील गरेको करिब ३ साता पछि नै पुन बजार अनुगमन गरिएको छ ।
फुङलिङ बजारमा सञ्चालित माछा, मासु तथा सिद्रा पसलको अनुगमन गरि तिव्रता दिइएको छ । । जिल्ला प्रशासन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङ र नेपाल घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमनको क्रममा बिना दर्ता सञ्चालन भइरहेको, एउटै कागजातबाट दुई स्थानमा व्यवसाय सञ्चालन गरेको पाइएको छ । त्यस्तै अनुगमनकै क्रममा भेटिएका म्याद गुज्रेका, खान अयोग्य भएका वस्तुहरू जफत गरि नष्ट गरिएको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेको व्यवसायीलाई करिब १५ दिनभित्र प्रक्रिया पुरा गरि सञ्चालन गर्न निर्देशन दिइएको छ । अनुगमन टोलीले दिएको निश्चित समयावधि भित्र मापदण्ड अनुसार सञ्चालनको प्रक्रियामा नआए व्यवसाय बन्द गर्न बाध्य हुने समेत व्यवसायीलाई अवगत गराइएको छ ।
अनुगमनको क्रममा केहीमा मापदण्ड अनुसार उत्कृष्ट ढङ्गबाट समेत व्यवसाय सञ्चालनमा रहेको पाइएको अनुगमन समितिका संयोजक तथा सहाय प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताउनुभयो । उहाँका अनुसार सञ्चालनमा रहेको मध्ये १५ ओटा माछा, मासु तथा सिद्रा पसलको अनुगमन गरिएको छ ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्लामा सञ्चालित पसलहरूमा रहेको माछाको गुणस्तर समेत परीक्षण गरिएको छ । भेटेरिनरी अस्पतालको प्राविधिक टोलीले माछामासुमा विभिन्न रासायनिक पदार्थहरू प्रयोग गरे वा नगरेको समेत परीक्षण गरिएको कार्यालय प्रमुख रोशन दाहालले बताउनुभयो ।
मापदण्ड अनुसारको व्यवसाय सञ्चालनका लागि १५ दिनको समयावधि दिएको पसलहरूमा निर्देशन अनुसारको प्रक्रिया पुरा गरे नगरेको जाँच गर्न पुन तत्काल अनुगमन गरिने समितिका संयोजक तथा सहाय प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।
प्रतिक्रिया