रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत



ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले आफ्नो कार्यक्षेत्रका विद्यालय भित्रबाट विद्यालय ,शिक्षक, व्यवस्थापन समिति र स्रोत व्यवस्थापन शिक्षकलाई पुरस्कृत गरेको छ । रिडले आइतबार एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरेको हो । 

 जसमा स्टार स्कुल अवार्डको पुरस्कारबाट लुङथुङ आधारभूत विद्यालय पुरस्कृत भएको छ । उक्त स्कुललाई नगद ३० हजार रुपियाँसहित प्रमाण पात्रद्वारा पुरस्कृत गरिएको हो । वेस्ट प्रफमिङ स्कुल अवार्डबाट सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभूत विद्यालय पुरस्कृत भएको छ । उनीहरूलाई नगद ४५ हजार रुपियाँका सहित प्रमाणका साथ पुरस्कृत गरिएको छ ।

यस्तै सिकाइ उपलब्धि प्रवर्द्धनमा सक्रिय १३ जना शिक्षकलाई पनि पुरस्कृत गरिएको छ । रिड नेपाल ताप्लेजुङका प्रबन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार स्टार टिचर अवार्डबाट ५ जना पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुने शिक्षकहरुमा सरस्वती माध्यमिक विद्यालयका तापेथोकका मित्र दाहाल, सुनदेवी माध्यमिक विद्यालय इखाबुका लिला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङगे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङका सुमित्रा मग्रान्ती रहनु भएको छ । 

उत्कृष्ट कार्य सम्पादन गर्ने विद्यालय कर्मचारीतर्फ कञ्चनजङ्घा आधारभूत विद्यालयका कविता लिम्बू पुरस्कृत हुनुभएको छ । स्रोत नेतृत्व समूहतर्फ सरस्वती च्यारिबुक मावि लेलेपका प्रधानाध्यापक मिङमाग्याञ्जे शेर्पा, रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडा तथा लक्ष्मी माध्यमिक विद्यालय मामाङ्खेका शिक्षक राजेन्द्र भट्टराई पुरस्कृत हुनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा शिक्षक अभिभावक सङ्घतर्फ सरस्वती आधारभूत विद्यालयका दीपक लिम्बू र महेन्द्र आधारभूत विद्यालय खेवाङका जिना राई पुरस्कृत हुनु भएको छ । दीपक विद्यालय व्यवस्थापन समिति अध्यक्ष र राई शिक्षक अभिभावक सङ्घ अध्यक्ष हुनुहुन्छ । 

उहाँहरूलाई जनही पाँच हजार रुपियाँ र प्रमाण पात्रद्वारा पुरस्कृत गरिएको हो । यस्तै रिड नेपालको कार्यक्षेत्रमा रहेका ३८ जना उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ । वर्षभरीको सिकाइका आधारमा रिडले आफ्नो कार्यक्षेत्रका ३५ वटा विद्यालय भित्रबाट विद्यालय ,शिक्षक, व्यवस्थापन समिति र स्रोत व्यवस्थापन शिक्षकलाई पुरस्कृत गर्दै आएको छ ।

रिड नेपालले २०७० सालबाट यस्तो अवार्ड प्रदान गर्न थालेको हो । 

प्रकाशित मिति : 9:23 pm

दोभान बजारका आगलागी पीडितलाई नेवा : समाजको राहत

ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ नेवा : समाज काठमाडौंले

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा